भारत जानुअघि प्रमुख आयुक्त उप्रेतीले भेटे अध्यक्ष रेग्मीलाई
विद्युतीय निर्वाचन प्रणालीको बारेमा जानकारी लिन भारत जान लागेका आयुक्त उप्रेतीले अध्यक्ष निवास बालुवाटार पुगेर अध्यक्ष रेग्मीसँग निर्वाचनका तयारीका बिषयमा छलफल गरेका छन् ।
भारतमा विद्युतिय निर्वाचन गर्ने प्रचलन रहेको र उक्त प्रक्रिया नेपालमा उपयुक्त हुने या नहुने बारे जानकारी लिनका लागि उप्रेती भारत जान लागेको बताइएको छ ।
संविधानसभामा करिब १ सय ३९ दलहरूले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका कारण यति ठूलो संख्यामा रहेका दललाई विद्युतिय निर्वाचन प्रणालीबाट मतदान गर्न मिल्ने नमिल्नेबारे जानकारी लिन उनी भारततर्फ जान लागेका हुन् ।

No comments: