गोर्खाकपको सेमिफाइनलमा थ्री स्टार र मनाङ भिड्दै
३० जेठ, काठमाडौं । गोर्खाकप फुटबलको सेमिफाइनलमा आज घरेलु फुटबलका दुई महारथी थ्री स्टार र मनाङ मस्र्याङदी क्लब भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सवा ३ बजेपछि हुने खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।
थ्रीस्टार ए डिभिजन लिग च्याम्पियन हो भने मनाङ उपविजेता हो । क्वाटरफाइनलमा थ्री स्टारले जावलाखेललाई र मनाङले मच्छिन्द्रलाई पराजित गरेको थियो ।
आजको विजेताले उपाधिका लागि शनिवार आर्मीसंग प्रतिस्पर्धा गर्नेछ । आर्मी हिजो भएको पहिलो सेमिफाइनलमा ब्वाईज युनियनलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

No comments: