Breaking News

नेपाली चलचित्र निर्माताको खल्ती रितींदै,ये जवानी हे दिवानिले नेपालबाट ३ करोड

nepathya-ad-next

३० जेठ-नेपाली चलचित्रको बजार दिन दिनै ओरालो लागि रहेको छ राम्रो बनेको र दर्शकले प्रतिक्षा गरेका भनिएका चलचित्रहरु पनि धमा धम असफल भई रहेका छन् तर हालै रिलिज भएको बलिवुड चलचित्र ये जवानी हे दिवानिले भने नेपालमा करिब ३ करोडको व्यापार गरेको छ। अब प्रश्न उठ्छ के नेपाली हरुले नेपाली  चलचित्र हेर्न छाडेका हुन् त?

महा नायक राजेश हमाल भन्छन नेपाली हरुले राम्रो चलचित्र बनेमा नेपाली चलचित्र हेर्छन नराम्रो चलचित्र भएमा बिदेशी चलचित्र पनि हेर्दैनन्। हमालका अनुसार अहिले नेपाली चलचित्रको अवस्था बाट आत्तिनु पर्ने अवस्था छैन। 

चलचित्र हरु बनि रहेका छन् कुनै न कुनै राम्रो चलचित्र राम्रो व्यापार गर्ने छ र नेपाली चलचित्र उद्योगले नयाँ रुप लिने छ ।

नेपथ्य निर्देशक राम राजा दाहाल भन्छन नेपाली चलचित्रको बजार अब कसरि राम्रो बन्ने धेरै दुख गरेर चलचित्र बनायो चलाउने बेलामा काठमाडौँ भरिमा ६ वटा हल पाईन्छ अनि कसरि लगानी उठाउनु ? हिन्दि फिल्म भने १६ वटा हलमा चल्छ । राम्रो बनेर मात्र भएन दर्शक लाई मात्र सोचेर नहुने रहेछ हल मालिक लाई सोच्नु पर्ने रहेछ दाहालले आक्रोश पोखे ।
यति खेर जता ततै ये जवानी हे दिवानिको चर्चा छ । राजधानीका बिग सिनेमा र एफक्युबले दिनको आठ र क्युएफएक्सका जयनेपाल, सिभिल मल र कुमारी प्रत्येकले दिनको चार शो ‘ये जवानी है दिवानी’ देखाइरहेका छन्। ‘नेपालमा फिल्म हेर्ने दर्शक प्रशस्त छन्। त्यसैले फिल्मले राम्रो कमाइ गरेको हो।अझ पनि हलमा दर्शकको भीड बाक्लै छ,’ क्युएफएक्सका वसन्त मानन्धरले भने। पहिलो पटक विश्वज्योति हलले समेत रातिको शोमा यो फिल्म देखाएको थियो ।
uma poster
के नेपालमा दर्शक नभएका भन्न मिल्छ? नेपाली चलचित्र किन नचलेका सम्बन्धित सरोकारवाला व्यक्ति,संघ,संस्था हरुले अध्यन गर्नु  जरुरि छ।

How about this Article

No comments:

Leave a Reply