Breaking News

परवेज मुसर्रफ पक्राउ, २ हप्ता नियन्त्रणमा राख्न आदेश

Pervez Musharraf३० जेठ, एजेन्सी । पाकिस्तानका पूर्व शासक परवेज मुसर्रफलाई बालोचिस्तान प्रहरीले आज पक्राउ गरेको छ । अकबर बुग्टीको हत्या प्रकरणमा परवेज मुसर्रफलाई आज प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ गरी अदालत उपस्थित गराएपछी उनलाई २ हप्ता नियन्त्रणमा राख्न समेत अदालतले आदेश दिएको छ । उनी यस अवधीमा उनको आफ्नै फार्महाउसमा बस्नेछन् । बालोचका नेता नवाव अकबर बुग्टीको सन् २००६ को अगस्त २६ मा परवेज मुसर्रफको आदेशमा हत्या गरिएको थियो । उक्त समयमा परवेज मुसर्रफ पाकिस्तानका राष्ट्पति तथा सैन्य प्रमुख थिए ।

How about this Article

No comments:

Leave a Reply