Breaking News

आजबाट निलो ग्यास सिलिन्डर शुभारम्भ

१ असार, भद्रपुर । व्यावसायिक प्रयोजनका लागि निलो ग्यास सिलिन्डर आजदेखि झापामा शुभारम्भ गरिएको छ । झापाका सहायक प्रजिअ मोहन वाग्लेले आज जिल्ला प्रशासन कार्यालयको परिसरमा आयोजित समारोहमा सो सिलिन्डरको शुभारम्भ गर्दै व्यापारिक प्रयोजनका लागि ग्यास छुट्याइएपछि ग्यासको अभाव पनि घट्ने र आगामी दिनमा घरायसी सिलिन्डर प्रयोगकर्ताले राहत पाउने विश्वास व्यक्त गरे ।

नेपाल आयल निगमका क्षेत्रीय प्रतिनिधि अभिषेककुमार ठाकुरले निगमले २०६१ सालदेखि व्यावसायिक प्रयोजनका लागि निलो ग्यास सिलिन्डर वितरण गर्न सुरु गरेको प्रयास अहिले आएर सार्थक भएको जनाएका छन् । झापा उद्योग सङ्घका प्रतिनिधि जयप्रकाश शर्माले लामो समयको प्रयासपछि व्यावसायिक प्रयोजनका लागि निलो ग्यास ल्याइएको र यसलाई सफल बनाउन सबैको सहयोगमा जोड दिनुभयो । जिल्लामा यतिखेर निगमले ६०० थान निलो सिलिन्डर पठाएको छ ।

How about this Article

No comments:

Leave a Reply