संविधानसभा निर्वाचन मिति घोषणाको चीनद्वारा स्वागत
१ असार ,काठमाडौ । नेपाल सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेकामा चीनले स्वागत गरेको छ ।
छिमेकी मित्रका नाताले संविधानलेखनको प्रक्रियामा चीनको सहयोग रहने उल्लेख गर्दै यहाँस्थित चिनियाँ राजदूतावासले आज जारी गरेको वक्तव्यमा बिनाव्यवधान संविधानसभाको निर्वाचन हुने आशा व्यक्त गरिएको छ । रासस

No comments: