Breaking News

खेलकुद पत्रकारको ‘पल्सर स्पोट्स अवार्ड’ मा आठ विधा समावेश

काठमाडौ, ७ असार । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर यही असार ८ गते नेपाल खेलकुद पत्रकार मञ्चले २०६९ सालको ‘पल्सर स्पोटर््स अवार्ड’ वितरण गर्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशीले दिनुभएको जानकारीअनुसार यस वर्ष पनि विगतमा झैँ पल्सर वर्षको उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिट गरी आठ विधामा विजेता हुने खेलाडीलाई पुरस्कृत गरिने छ ।
यी विधामा छनोट हुने खेलाडीको नाम केही दिनपछि सार्वजनिक गरिने मञ्चले जनाएको छ ।
त्यसैगरी मञ्चले प्रदान गर्दै आएको ‘वर्षको चर्चित खेलाडी’ मा क्रिकेटका कप्तान पारस खड्का, फुटबलका जगजित श्रेष्ठ, उसुकी झरना गुरुङ, पौडीका शिरिष गुरुङ र एथलेटिक्सकी केशरी चौधरी मनोनयनमा पर्न सफल भएका छन् ।
मनोनयनमा पर्न सफल पाँचजना खेलाडीलाई सर्वसाधारण जनताको अत्याधिक एसएमएस मत तथा फेसबुकमा प्राप्त गरेका अत्याधिक ‘लाइक’ लगायतका आधारमा विजेता घोषणा गरिने छ । यस विधामा विजेता हुने खेलाडीले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछ ।
वर्षको चर्चित खेलाडी विधामा मनोनयन गर्दा खेलाडीको प्रदर्शन र उपलब्धिसँगै त्यसको प्रभाव एवम् जनचासोलाई समेत आधार बनाइएको राजवंशीले बताउनुभयो ।
यस वर्षको पल्सर स्पोट्स अवार्ड कार्यक्रमलाई हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अटोमोबाइल ब्रान्ड पल्सरले प्रायोजन गरेको छ ।
यो, उक्त कम्पनीको पाँच वर्षे सम्झौताको निरन्तरता रहेको मञ्चका प्रवक्ता नवीन खतिवडाले बताउनुभयो । साथै यस अवार्डलाई सामसुङ, जोनप्लेयर, होटर रोयलसिङ्गी र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग दिएको प्रवक्ता खतिवडाको भनाइ छ ।

How about this Article

No comments:

Leave a Reply