कन्फेडेरशन कप फुटबलमा टहिटिमाथि स्पेनको १० गोल
गएराति भएको खेलमा स्पनेका लागि फरनान्डो टोरेसले ह्याट्रिकसहित चार गोल गरेका थिए भने डेभिड भिल्लाले पनि ह्याट्रिक पुरा गरेका थिए । यसैगरी डेभिड सिल्भाले २ तथा जुवान माटाले एक गोल थपेका थिए ।
गएरातिको जितसँगै स्पेन पनि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी आज विहान सकिएको खेलमा उरुग्वेले नाइजेरियामाथि २ – १ गोल अन्तरको जित निकालेको थियो । उरुग्वेकालागि डिएको लुगानो र डिएगो फोरलानले एक एक गोल गरेका थिए । नाइजेरियाका तर्फबाट जोन ओबी माइकेलले एक गोल फर्काएका थिए ।

No comments: