Your Are Here
Home »
national-news
» आतंक मच्चाउँदै नयाँ ड्रग्स:
आतंक मच्चाउँदै नयाँ ड्रग्स:
Friday, June 28, 2013 | Posted by raaz subedi
0 Comments
पछिल्ला
केही वर्ष यता विश्वभर नै एक नयाँ लागु औषधको प्रयोग निकै तिब्र दरमा
बढिरहेकोर एक हदसम्म यो लागुऔषधको आतंक फैलिँदै गएको संयुक्त राष्ट्रसंघले
जनाएको छ ।
राष्ट्रसंघका अनुसार लिगल हाइ नामक उक्त लागु औषधले विश्वका केही देशका सरकारलाई समेत समस्यामा पारेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तरगतको अफिस अन ड्रग्स एण्ड क्राइम (युएनओडिसी) का
अनुसार हालैका वर्षहरुमा हेरोइन तथा कोकिन जस्ता परम्परागत लागु औषधको खपत
स्थिर छ तर लिगल हाइ नामक ड्रग्सको खपत लगातार बढिरहेको छ । युएनओडिसीको
रिपोर्ट अनुसार यो लागु औषधले इन्टरनेटको माध्यमबाट विश्वभरको बजारमा आफ्नो
स्थानलाई मजबुत बनाइरहेको छ ।
के हो लिगल हाइ ड्रग्स ?
यो लागु औषध न्यू साइकोएक्टिभ सब्सटान्स -एनपिएस) को नामले पनि चिनिन्छ
भने विश्वका विभिन्न देशका बजारमा स्थानीय नामले पनि चिनिन्छ । यो ड्रग्स
विश्वका धेरै देशमा इन्टरनेटको माध्यमबाट खुलमखुल्ला तरिकाले विक्रि
भैरहेको र यसको फैलावट परम्परागत लागु औषधको तुलनामा निकै खतरनाक रहेको
राष्ट्रसंघको भनाई छ । यो ड्रग्सको नियन्त्रणका लागि विश्वव्यापी कानून
नभएकाले पनि यसको फैलावट खतरनाक तरिकाले भैरहेको बताइएको छ ।
दुइगुणा बढ्यो खपत
यो ड्रग्स सुरुमा एसियाली मुलुकहरुमा प्रयोग हुने गरेकोमा अहिले
विश्वव्यापी भैसकेको छ । अहिले यसको सबैभन्दा ठूलो बजार अमेरिका हो ।
युरोपेली देशहरुका युवामा पनि यो ड्रग्सको प्रयोग उच्च बनिरहेको र १५ देखि
२४ वर्ष उमेर समूहका ७ लाख बेलायती युवा यसकोलतमा फसेको बताइन्छ ।
How about this Article
Related Posts

No comments: