Your Are Here
Home »
national-news
» श्रीमती हत्या गर्ने मोचीलाई जंजिरमा बाँधेर उपचार
श्रीमती हत्या गर्ने मोचीलाई जंजिरमा बाँधेर उपचार
Friday, June 28, 2013 | Posted by raaz subedi
0 Comments
१४
असार, सिरहा । श्रीमती हत्या गरेका सिरहा बस्तीपुरका एक व्यक्तिलाई
जंजिरमा बाँधेर वडा प्रहरी कार्यालय लहानले उपचार गराइरहेको छ । बस्तीपुर
गाविस-८ का रामविलास मोचीलाई प्रहरीले आफ्नै निगरानीमा लहानस्थित रामकुमार
शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार गराइरहेको छ ।
अस्पतालका
प्रमुख तथा मेडिकल अधिकृत मिश्रीलाल साहले जंजिरमा बाँधेर नराख्न प्रहरीलाई
सुझाए पनि उनीहरुले वास्ता नगरेको बताउनुभयो । उहाँले भन्नुभयो- यसरी
जंजिरमा बाँधेर बिरामीलाई उपचार गराउनु मानवअधिकारको उल्लङ्घन हो तर
प्रहरीले कुरै बुझेन । म के गरु ?”
वप्रका लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले उपचार गराउन जंजिरमा
नबाँधेको बताउनुभयो । तस्बिर त खिचेको छु नि ? भन्ने प्रश्नमा उहाँले
भन्नुभयो-”जंजिरमा बाँधेको मलाई थाहा छैन । मोचीलाई पक्राउ पनि गरिएको छैन ।
उनी प्रहरीको सामान्य निगरानीमा मात्रै छन् ।” उहाँले यहाँ मोचीको उपचार
संभव नरहेकाले थप उपचारका लागि आफन्तजनलाई जानकारी गराएको बताउनुभयो ।
परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा यादवले दुई दिन अगाडि ४० वषर्ीया
श्रीमती रामादेवी मोचीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
घटनापछि स्थानीय गाउँलेले यादवलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी
प्रहरीको जिम्मा लगाएका थिए ।
कुटपिटबाट मोचीको खुट्टा भाँच्चिएको
छ । टाउकामा पनि गम्भीर चोट लागेको छ । कुटपिटकै कारण उनको मानसिक
सन्तुलनसमेत गुमेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । मोचीको प्राथमिक
उपचार भइसकेकाले यहाँबाट लग्न भनेपनि नलगेको अस्पताल प्रमुख साहको भनाइ छ ।
रासस
How about this Article
Related Posts

No comments: