उत्तराखण्डमा १० हजारको मृत्यु : विधायकहरु
नयाँ दिल्ली, १६ असार । भारतको उत्तराखण्डमा बाढी र पहिरोमा परेर १० हजारको मृत्यु भएको भारतीय विधायकहरुले दावी गरेका छन् ।
सरकारले गलत तथ्यांक दिएको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका विधायकसँग छलफल समेत नगरेको उनीहरुको गुनासो छ । विधायकहरुले बाढी पहिरोबाट बाँच्न सफलहरुको दैनिकी अत्यन्त कष्टकर भए पनि पीडित परिवारलाई राहत समेत नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सरकारसँग कुनै योजना नभएको र हतारमा बैठक बसेर आश्वासन मात्र बाँड्ने गरिएकोमा विधायकहरुले रोश व्यक्त गरेको बीबीसीले लेखेको छ ।
‘पीडित परिवार रोइरहेका छन्, आफन्त र आफ्नो सम्पत्ति गुमाएका छन् । मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी छ । तर, सरकार झूठ बोलिरहेको छ,’ प्रभावित क्षेत्रका विधायकले भनेका छन् ।

No comments: