फनिज महासंघको मत गणना जारी
जेठ ,पोखरा
यतिखेर पोखराको नगरीमा नेपाल आदिवासी जनजाति पत्रकार संघले जातिय पहिचानसहितको सङघीयताका लागि पूर्ण समावेशी सञ्चार भन्ने नारालाईमूख्य एजेण्डा बनाएर ऐतिहासिक ५ औं महाधिवेशनको आज दोश्रो दिन बन्द सत्र संञ्चालन गरिरहेको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) लाईमहासंघ फोनिज मा विधान संसोधन गरि निर्णय गरिएको छ ।
महासंघको नयाँ कार्य समिती मा अध्यक्षमा तत्कालिन महासचिव डण्ड गुरुङ सहित उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमश भैरव आङला, मनोज घर्तिमगर र टेकराज थामी सर्वसम्मत चयन भएकोछ भने महासचिव लगायत अन्य पदहरुमा निर्वाचन शुरु भएको हो । यतिखेर निर्वाचन प्रक्रिया सकेर मत गणना भईरहेको छ । अहिले सम्मको गणना अनुसार महासचिवका उम्मेद्वारी गजुर्धन राईको भन्दा ९ मतलेअगाडी टिकाराम प्रधान रहेकोछ । मत गणना अझै जारी छ ।

No comments: