खिलराजलाई भेट्दै संयन्त्र, निर्वाचन मिति तय गर्न आग्रह गर्ने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष तथा संयन्त्रका संयोजक झलनाथ खनाललगायतका नेताहरू अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा निर्वाचन कानुन तथा निर्वाचनको मितिका सम्बन्धमा छलफल हुने बताइएको छ ।
भेटमा निर्वाचन कानुन तथा निर्वाचनको मितिका सम्बन्धमा छलफल हुने बताइएको छ । शुक्रबार बसेको उच्च स्तरीय राजनितिक संयन्त्रको बैठकमा दलहरूबीच दलहरुबीच समानुपातिकतर्फ चुनिन आवश्यक न्युनतम मतको सीमा थ्रेसहोल्ड, सम्पत्ति विवरण बुझाउनुपर्ने, फौजदारी मुद्दा लगायतका विषयमा मतभेदमा सहमति जुट्न नसकेपछी दलहरूले आज खिलराज रेग्मीसँग निर्वाचन मिति तथा अन्य निर्वाचन कानुनका विषयमा छलफल गर्नेछन् ।
दलहरूले आफूहरूले निर्वाचनको मितिको टुङ्गो लगाउन नसकेपछी सरकारले नै त्यसको जिम्मा लिओस् भन्दै खिलराज रेग्मीलाई निर्वाचनको मिति तय गर्नका लागि बाटो खुल्ला गर्ने बताइएको छ ।

No comments: