नेकपा–माओवादी बैठकमा आजदेखि अध्यक्ष वैद्यको प्रस्तावमा छलफल
पोखरा, १६ असार । चुनाव बिथोल्ने औपचारिक प्रस्तावमा नेकपा–माओवादीले छलफल गर्ने भएको छ ।
हिजोदेखि पोखरामा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यले चुनाव बहिष्कार गर्ने औपचारिक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ ।
वैद्यले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरी प्रस्ताव पेस गर्नुभएको छ । आजदेखि केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रस्तावमा भनाई राखेपछि पार्टीले संविधानसभा चुनावका विषयमा आधिकारीक निर्णय गर्ने पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभयो ।
पहिलोपटक उपत्यका बाहिर सुरु भएको बैठकमा आगामी संविधानसभाको औचित्य, पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ ।
बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धि छुट्टै प्रस्ताव पेश गर्नुभएको छ । चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको माओवादीले जनाएको छ ।

No comments: