संरक्षणको पर्खाइमा निस्कोटको बराह ताल
सन्दिप खत्री(प्रविण)÷म्याग्दी
म्याग्दीको पश्चिममा पर्ने निस्कोट गाविसको वडा ९ मा पर्ने वराह ताल संरक्षणको पर्खाइमा रहेको छ । धार्मीक र ऐतिहासिँक महत्व बोकेको उक्त तालको संरक्षण र प्रचार प्रसारको अभावमा पछाडि परको छ । उक्त तालको संरक्षण प्रचार प्रसार गर्न सकेमा पर्यटनको प्रवल सम्भावना रहेको बताउछन स्थानीयवासी दलबहादुर विक । उनले थपे हामीले संरक्षणका लागि धेरै स्थानहरुमा पहल गर्दा पनि कसैले पनि चासो देखाएको छैन् । उक्त वराह तालमा मनले चाहेका कुरा पुग्ने जनविश्वास समेत रहेको उनले जानकारी दिए ।
त्यस्तै गाविसका सामाजिक परिचालक भ बहादुर पुनले उक्त तालमा ३ वर्ष पहिले एउटा तामाको गाग्री र पुरानो हुक्का भेट्टाएको बताए । उनले भने यस ताल माथि मन्दिर बनाएका छौ । उक्त मन्दिरमा साडँ र परेवाले पुजा आजा गर्ने गरेको बताए । बेनीबाट एक दिनको पैदल यात्रा पछि पुगिने उक्त ताल भएको स्थानबाट म्याग्दीका विभीन्न स्थानहरुको अवलोकन गर्न पनि पाइन्छ ।
निस्कोट गाविसमा क्रियाशिल रहेको जनकल्याण युवा क्लव तालको संरक्षणमा लागेको क्लवले जानकारी दिएको छ । गाविसबाट अहिले २५ हजार रुपैयाँ बार बन्देजका लागि छुट्टाइएको र थप संरक्षणका लागि अन्यत्र पनि आग्रह गरेको जानकारी दिएको छ । म्याग्दीका विभिन्न स्थानहरुबाट उक्त तालको अवलोकनका लागि मानिसहरु आउने गरेको स्थानीय बासीले जानकारी दिएका छन् । म्याग्दीको दरवाङ, ओखरबोट, बावियाचौर लगाएतका स्थानहरुबाट तालको अवलोकनका लागि मानिसहरु जाने गरेका छन् ।
विविध कार्यले उक्त तालमा पुगेका पर्वतका जिता गिरीले ताललाई कम्पाउण्डी· गरी सरसफाईमा ध्यान दिएमा पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले भने ताल तलैयाहरु हाम्रा सम्पत्ती भएकाले संरक्षणमा सवैको ध्यान जानु पर्छ । त्यस्तै अनुगमनका क्रममा त्यहाँ पुगेका गोपाल थापामगरले मोटरबाटोले उक्त स्थानमा जोड्न सकेमा आवत जावतका लागि सहज हुने बताए । तालको सरसफाईमा त्यत्ती ध्यान नदिएको दखिएकाले सरसफाई र प्रचार प्रसारमा सम्वन्धित निकायले ध्यान दिनु पर्ने उनले बताए । विभीन्न महत्व बोको उक्त तालको संरक्षणका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि प्रचार प्रसारका लागि आफुले जस्तो भुमीका पनि खेल्न तयार रहेका गाविस सचिव छविलाल आचार्यले बताए । उनले उक्त ताल गाविसको पहिचान भएकाले संरक्षणका लागि गाविस बासी सवैलाई आग्रह गरेका छन् ।

No comments: