Breaking News

नोकियाले ल्याउँदैछ यस्तो अचम्मको मोवाइल फोन..(तस्विर सहित)

nokia-phablet१२ साउन,काठमाडौ। गएको चार महिनमा सातवटा नयाँ मोडलमा मोवाइल सार्वजनिक गरेको चर्चित मोवाइल कम्पनी अहिले सम्मकै ठुलो र सुविधा सम्पन्न स्मार्ट फोन ल्याउने तयारी गरेको थाहा भएको छ हाल नोकिया ६ इन्चको फ्याबलेटमा काम गर्दे गरेको कुरा सार्वजनिक भएको हो।

नोकियाले ल्याउन लागेको भनिएको फोनको तस्विर इन्टरनेटमा सार्वजनिक भएपछी नोकियाको ठुलो योजना छताछुल्ल भएको हो।चिनको माइक्रोब्लगिङ साइट विइबोमा नोकिया ल्याउनम लागेको स्मार्टफोनको मोडलको तस्विर सार्वजनिक भएको हो।

नोकियाले आफ्नो यो महत्वकांक्षी स्मार्टफोनबाट सामसुङको ग्यालेक्सी नोट-३ र सोनीको एक्सपीरियालाई कडा टक्कर दिन खोजेको अनुमान गरिएको छ। नोकियाको यो ६ इन्चको स्मार्टफोन यहि वर्षको अन्त्यत तिर लञ्च हुने बताएको छ।

यसको मुल्य करिब नेपाली रुपैयामा ६० हजारको हाराहारीमा हुने अनुमान छ। नोकियाले लुमिया नामक मोडलबाट स्मार्टफोनको संसारमा हात हालिसकेको छ।

How about this Article

No comments:

Leave a Reply