ट्याक्सी मिटर अब मोबाइलमै
सबै कुरा थाहा पाउन तपाईले ट्याक्सी चढेपछि त्यसलाई आफ्नो मोबाइलमै एक्टिभ गनराउनुपर्छ । तर यस्तो सुविधा पाउन एक महिना भने कुर्नै पर्ने हुन्छ ।काठमाडौं युनिभर्सिटीको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका ४ जना युवाले यस्तो एप्लिकेसनको विकास गरेका छन् ।
गुगल म्याप र ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसको माध्यमले काम गर्ने केटीएम ट्याक्सी मिटर नामक एप्लिकेसनको विकास गर्न सफल भएका हुन् । केटीएम ट्याक्सी मिटर एप्लिकेसनको डेभलपमेन्ट कृपेश सिवाकोटी, अवेशमान श्रेष्ठ, आयाम पोखरेल र अनिल राईले गरेका हुन् ।

No comments: