इटलीमा बस दुर्घटना ३७ को मृत्यु
१४ साउन,काठमाडौ। इटलीमा एक बस दुर्घटना हुँदा ३७ जना पर्यटकको ज्यान गएको छ। ५० जना पर्यटक सवार बस सडकबाट तल १०० फिट तल खसेको प्रहरी र उद्धारमा संलग्न व्यक्तिहरुले बताएका छन् ।
बस मोन्टेफोर्टेबाट बनाइनो तिर जाँदै गर्दा दुर्घटनामा परेको थियो। घट्नास्थलबाट ४ जना बालक जिवितै उद्धार गरिएको छ भने ११ जना घाइते अवस्थमा अस्पताल पुर्याइएको छ।
घाइते मध्य २ जनाको अवस्था गम्भिर बताइएको छ।बस सडकबाट खस्नु अघि केही कारहरुसंग पनि ठोक्किएको थियो। घट्नास्थल इटलीको राजधानी रोमबाट १६० माइलको दुरीमा पर्दछ।

No comments: