Breaking News

सेरेमोनियल बेबी किङ राख्ने प्रस्ताव दरवारले अस्विकार गरेको खुलासा

rukmangad katuwal१३ साउन, काठमाडौं । सेरेमोनियल किङ वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको खुलासा भएको छ । पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले सास्कृतिक वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको खुलासा गरेका हुन ।

 एक दैनिक पत्रिकासंगको अन्तरवार्तामा कटवालले जनआन्दोलन पछिपनि मन्त्रीपरिषद बैठकले छोरी पनि राजाहुन सक्ने निर्णय भएपनि दरवारले स्वीकार नगरेको बताएका हुन ।छरछिमेकले नेपालको अबस्था बुझेर सेरेमोनियल किङको प्रस्ताव आएको भएपनि दरवारने नबुझनु बिडम्बना भएको उनले बताएका छन । जनआन्दोदन पछि ०६३ सालको जेठ ४ गतेको प्रतिनिधि सभा घोषणाले राजाकी पहिलो सन्तान उत्तराधिकारी हुने प्रस्ताव पारित गरेको थियो ।

नेपालमा ९० देखी ९५ प्रतिसत जनता राजतन्त्रवादी रहेपनि तत्काल राजतन्त्र फर्कीने संभावना नरहेको कटवालले बताएका छन । राजतन्त्रको मूल जरो ओखलिएपछि मुलुकमा बेथिती भएको उनले दावी गरेका छन । कटवालले संविधानसभावाट संविधान बन्ने संभावना नभएको समेत टिप्पणी गरेका छन ।

How about this Article

No comments:

Leave a Reply