नेपाल टेलिकमको बजेट ७० अर्ब
टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार पुँजीगत खर्चका लागि १९ अर्व ४१ करोड ६५ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैंगरी आयगत खर्च वापत १० अर्व ६८ करोड ७४ लाख ८६ हजार रुपैयाँ छुट्याइएको छ । नेपाल सरकारलाई बुझाउने लाभांस बाहेक वापत ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ ।बोनस, इन्सेन्टिभका लागि ८४ करोड २८ लाख ९९ हजार रुपैयाँ, अन्य दायित्व वापत ७ करोड ७१ लाख ८५ हजार रुपैयाँ अन्य प्रशासनिक शेयरिङ बापतको भुक्तानी १ अर्व १ करोड ६५ लाख १९ हजार र लगानी वापत १५ अर्व ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैंबीच टेलिकमले गत आवमा २० अर्ब ३७ करोड ११ लाख २४ हजार ९८१ रुपैयाँ नेपाल सरकारलाई राजश्व बुझाएको छ । जसमा लाभांश वापत ६ अर्ब ५८ करोड ७५ लाख १७ हजार ६०० रुपैयाँ र, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब १४ करोड ५२ लाख ३१ हजार ०७९ रुपैयाँ रहेको छ ।त्यसैगरी आयकर वापत ४ अर्र्ब २४ लाख ७१ हजार ९५८ रुपैयाँ, रोयल्टी र ग्रामिण दूरसञ्चार कोष बापत १ अर्ब ९८ करोड ८९ लाख ८६ हजार ८१० रुपैयाँ पनि बुझाएको छ । जिएसएम मोवाइलको अनुमतिपत्र नविकरण बापत २ अर्व ३१ करोड १० लाख र फ्रिक्वेन्सी दस्तुर बापत १ अर्व ३३ करोड ५९ लाख १७ हजार ५३४ रुपैयाँ बुझाएको टेलिकमले जनाएको छ ।
प्रवक्ता प्रधानका अनुसार चालु आर्थिक वर्षमा कम्पनीले २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार रुपैया राजश्व सरकारलाई बुझाइने खबर राजधानी दैनिकले छापेको छ ।टेलिकमलेआर्थिक वर्ष २०६८/०६९ मा कम्पनीको जम्मा आय ३६ अर्ब ७९ करोड रहेको थियो । त्यसैगरी आर्थिक वर्ष २०६९/०७० को प्रस्तावित आय ३६ अर्ब ८१ लाख ५८ हजार रुपैयाँ भएकोमा जम्मा आय ३७ अर्ब ६० करोड २३ लाख ९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले कुल ४१ अर्ब ६५ करोड १ लाख ९० हजार आम्दानी गर्ने लक्ष्य निर्धारण गरेको छ जुन आर्थिक वर्ष २०६९/७० को संशोधित अनुमान भन्दा १०.७७ प्रतिशतले बढी हुने देखिन्छ ।आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीको कर पछिको मुनाफा ११ अर्ब ६० करोड ५२ लाख ६९ हजार ५८२ रुपैयाँ भएकोमा आर्थिक वर्ष २०६९/०७० मा १० अर्ब ५९ करोड ७२ लाख ८२ हजार रुपैयाँ हुने संसोधित अनुमान छ । साथै आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले कर पछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख १५ हजार रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

No comments: