सिचाँई कुलो बगाएपछी धानखेत सुक्न थाल्यो
कमल खत्री- साउन १४, म्याग्दी । म्याग्दीको रत्नेचौरमा सिचाई आयोजना पहिरोले बगाएपछी भर्खरै रोपेको धानखेत सुक्नथालेको किसानहरुले गुनासो गरेका छन् । गाविसको वडा नम्वर १ देखी ५ सम्मलाई सुविधा पुग्ने गरि वि.स २०२३ सालमा निर्माण भएको रत्नेचौर सिँचाई आयोजना गत हप्ता आएको अविरल बर्षासंगैको बाढि पहिरोले भत्काएपछी खेलमा रोपिएको धान सुक्न थालेको स्थानिय नेत्र महतले जानकारी दिनुभयो ।
सिचाई आयोजना रहेको वडा नम्वर ६ स्थित धुस्रिनिमा गएको पहिरोले करिब ६० मिटर सिचाँई कुलो बगाएको महतले बताउनुभयो । उहाँका अनुसार सिचाँई आयोजनाले समेट्ने करिब ६ सय ५० रोपनी खेतमा भर्खरै रोपिएको धान सुक्न थालेको छ भने कतिपय खेतहरुमा पानिको अभावमा रोपाई हुन सकेको छैन् ।
निरन्तर बगिरहने पहिरोले पटक पटक कुलो बगाउने हुँदा यस अघि उपभोत्ता समितिले स्थानिय स्तरबाट कुलो मर्मत गर्दै आएको भएपनी अहिले भने धेरै कुलो बगाएकाले समस्या निम्त्याएको स्थानिय कृषक दल वहादुर रावलले बताउनुभयो । सिचाई आयोजना उपभोत्ता समितिका अध्यक्ष समेत रहनुभएका रावलका अनुसार सिचाई कुलोको मर्मतका लागी विभिन्न सरोकारवाला निकायमा ध्यानकर्षण गराएपनी अहिले सम्म कतैबाट सहयोग भएको छैन ।

No comments: