Breaking News

स्कुल बस दुर्घटना, ८ विद्यार्थीको मृत्यु, १५ घाइते

१५ साउन, एजेन्सी । भारतको राजस्थान स्थित हनुमानगढ जिल्लाको गोलुवाला इलाकामा स्कुल बस दुर्घटना भएको छ । सो दुर्घटनामा ८ जना विद्यार्थीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार कचिया गाँउबाट गोलूवाला जाँदै गरेका स्कुल बस अमरसिंह पुरा गाँउमा ट्रक सँग ठक्कर भएर उक्त दुर्घटना भएको हो ।दुर्घटनामा ३ जना विद्यार्थीको घटनास्थलमा मृत्यु भएको थियो भने ५ जनालाई अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

घाइते विद्यार्थीहरूलाई अस्पताल पठाइएको छ । घाइते विद्यार्थीहरूमध्ये केही अवस्था गम्भीर रहेको जनाइएको छ ।

How about this Article

No comments:

Leave a Reply