एन्फा कास्कीको अध्यक्षमा गोपि बहादुर भट्टराई
मिलन र कुमारले समान १८ मत पाए भने लामिछानेले १४ मत प्राप्त गरी उपाध्यक्षमा निर्बाचित भएका हुन् । सोहि पदको लागि उम्मेदवारी दिएका खेम बहादुर गुरुङले ८ तथा केशब बहादुर थापाले ७ भोट प्राप्त गरे । संघका अन्य सदस्यहरुमा ओम बस्नेत, दिपक बहादुर गोदार, रमेश कार्की, महेन्द्र गुरुङ, हिटलर घले, हरि खड्का, सुरेस गुरुङ, रामकृष्ण बास्तोला र मिलन केसी चयन भएका छन् । अध्यक्षमा चयन भएपछि भट्टराई यस क्षेत्रको फुटबल खेललाई अझै माथि उठाउन नया नया कार्ययोजना ल्याउने बताए । निश्क्रिय रहेका अन्य क्लबहरुलाई पनि सक्रिय पारेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।
यसअघि अधिबेशनको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पोखरालाई खेलकुदको उत्कृष्ट गन्तब्य बनाउन आबश्यक संरचना निर्माणको लागि प्रक्रिया अघि बढेको बताए । एन्फाको देशभर रहेका ४५ शाखा मध्य कास्की उत्कृष्ट भएको उनले बताए । कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य गणेश बहादुर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईराला लगायतले पोखराको खेल क्षेत्रको बिकासका सम्बन्धमा बोलेका थिए ।

No comments: