Breaking News

कमल थापाले वैद्यलाई गाली गरे

kamal thapa१५ साउन,रौतहट। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पुर्व राजा संग सहकार्य गर्ने बताएपछी एकाएक नेकपा-माओवादी प्रति नरम देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले रवैया परिवर्तन गरेका छन् ।

थापाले नेकपा–माओवादीले निर्वाचन बिथोल्न खोज्नु गलत हो भन्दै आलोचना गरेका छण्। रौतहटको सदरमुकाम गौरमा आज संविधानसभा निर्वाचनको तयारीका सम्बन्धमा कार्यकर्ता प्रशिक्षणका लागि आएका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै यसो भनेका हुन् ।नेकपा-माओवादीलाई सोही पार्टीका नेता-कार्यकर्ता र एमाओवादीले आलोचना गरेपछि पुर्व राजासंगको सहकार्यबाट उक्त पार्टी केही पछाडी हटेको थापाको विश्लेषण रहेको बताइन्छ।

कुराकानीमा पाले चार दलीय ‘सिन्डिकेट’को कारण मुलुकले निकास नपाएको आरोप लगाए। उनले भने -व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लीन अदूरदर्शी नेताहरूको गलत निर्णयका कारण देश अन्यौलमा फसेको हो ।

How about this Article

No comments:

Leave a Reply