आचारसंहिता विपरीत गएको भन्दै ६ वाइसिएल कार्यकर्ता पक्राउ
१६ साउन, रत्ननगर (चितवन), । निर्वाचन आचारसंहिताविपरीत चन्दा असुल गरेको आरोपमा चितवन प्रहरीले मङ्गलबार साँझ नारायणगढबाट एकीकृत माओवादीको भ्रातृ सङ्गठन वाइसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । नारायणगढको पुतलीबजारस्थित एक व्यापारीसँग पैसा लिने क्रममा उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।
निर्वाचन आचारसंहिताविपरीत चन्दा उठाउन लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको कार्कीले बताए । उनीहरुलाई कानुन अनुसार कारबाही गरिने उनले जानकारी दिए । पक्राउ पर्नेहरुमा वाइसिएल मजदुर मोदराज न्यौपाने, वाइसिएल क्षेत्र नं. ३ का अध्यक्ष तथा खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ, वाइसिएल सदस्यहरु विशाल मरहट्ठा, मनोज शेर्पा, रवि पराजुली र भरत मगर रहेका छन् । उनीहरु पक्राउ परे लगत्तै मङ्गलबार राति साढे ८ बजे चौविसकोठीमा पत्रकारसम्मेलन गरी वाइसिएल चितवनले आज बिहान १० बजेसम्ममा उनीहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।वाइसिएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले आज बिहान १० बजेसम्म रिहा नगरिए चितवन बन्द गर्ने बताए।
साउन १९ गतेको जिल्ला सम्मेलनका लागि आर्थिक व्यवस्थापनमा खटिएका साथीहरुलाई पक्राउ गरिएको वाइसिएलले जनाएको छ । निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सहयोगका लागि पत्राचार गरिएकाले संहिता नलाग्ने सापकोटाको दाबी छ ।

No comments: