कुनै हालतमा निर्वाचन रोकिंदैनः ओली
ओलीले नेकपा- माओवादी लगायतका आन्दोलनरत दलहरु सहमतिमा नआए पनि तोकिएको समयमा संविधासनभाको निर्वाचन भएरै छाड्ने ठोकुवा गरे ।
कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेर स्वदेश फर्केका नेता ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने-निर्वाचनमा भाग लिने र नलिने दुवै अधिकार संविधानले दिएको छ ।
कुनै दल सहभागी नभए पनि सरकारले निर्धारित समयमै निर्वाचन गराउँछ । नेकपा–माओवादीलगायतका दलहरुलाई वार्ताका लागि सरकार र उच्चस्तरीय राजनीतिक समितिले पटक पटक बोलाएपनि उनीहरु विभिन्न बाहनामा निर्वाचनबाट भाग्न खोजेको ओलीको आरोप छ ।
गते सोमबार भएको आम निर्वाचनमा खसेको ५० प्रतिशत मत मध्ये सत्ता पक्षले ६८ र प्रमुख प्रतिपक्षी दलले ५५ सिट हात पारेको छ ।

No comments: