Breaking News

म्याग्दीका स्थानिय विकास अधिकारी शर्मालाई राष्ट्रिय अवार्ड

कमल खत्री-
साउन १५, म्याग्दी । म्याग्दीका स्थानिय विकास अधिकारी विष्णु प्रसाद शर्मा राष्ट्रिय स्थानिय विकास अवार्ड–२०७०बाट पुरस्कृत हुनुहुने भएको छ । स्थानिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत उत्कृष्ट कार्यसम्पादन गर्ने देशभरका १० जिल्लाका स्थानिय विकास अधिकारीहरुलाई प्रदान गर्न लागीएको अवार्डबाट शर्मा पुरस्कृत हुन लाग्नुभएको हो । 

टिभि टुडे नेटर्वक प्रालिले प्रदान गर्न लागेको उक्त अवार्डका लागी बाग्लुङ्गका स्थानिय विकास अधिकारी पुन्यविक्रम पौडेल लगायत कैलाली, बाँके, धादिङ्ग, रुकुम, रोल्पा, कपिल्बस्तु, भक्तपुर र बझाङका स्थानिय विकास अधिकारीहरु समेत छनौट भएका छन् ।

त्यसैगरि ९ जना स्थानिय विकासका अन्य कर्मचारीहरुलाई प्रदान गरिने अवार्डबाट जिविस पर्वतका सुचना अधिकृत तुलसीराम शर्मा समेत छनौट हुनुभएको छ । त्यसैगरि देशका विभिन्न जिल्लाबाट ६ जना कार्यकारी अधिकृतलाई समेत अवार्डबाट पुरस्कृत गर्ने टिभि टुडे नेटवर्क प्रालिले जनाएको छ । आगामी साउन १८ गते भक्तपुरमा एक विषेश कार्यक्रमका विच अवार्ड वितरण गरिने जनाईएको छ ।  

How about this Article

No comments:

Leave a Reply