Breaking News

निर्वाचनमा हाम्रो पार्टी तेस्रो - गच्छदार

bijay kumar gachhdar६ साउन, ललितपुर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी संविधानसभा निर्वाचनबाट आफ्नो पार्टीलाई तेस्रो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने बताउनुभएको छ ।

पार्टीको चौथो स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानसभा निर्वाचनबाट ठूला तीन पार्टीमध्ये एउटालाई पछारेर तेस्रो पार्टी बनाउँछौ र १० वर्षभित्र देशकै सबैभन्दा ठूलो पार्टी बनाउछौँ ।”अध्यक्ष गच्छदारले ठूला पार्टीका ठूला नेताहरुले सही ढङ्गले नेतृत्व लिन नसकी पालैपालो गरेर असफल भइसकेकाले देशमा अब तेस्रो पार्टीको विकल्प चाहिएको र त्यस्तो नेतृत्व फोरम लोकतान्त्रिकले गर्ने उद्घोष गर्नुभयो ।सोही पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले पार्टीलाई आगामी दिनमा कसरी ठूलो शक्ति बनाउने भन्ने चुनौतीको सामना गर्न नेता कार्यकर्ता तयार हुनुपर्ने बताउनुभयो ।

महासचिव जितेन्द्र देवले अग्रगमनको बाटोमा बिना सम्झौता निरन्तर अघि बढेको आफ्नो पार्टीलाई आगामी निर्वाचनमार्फत कम्तीमा तेस्रो शक्ति बनाई समानता र न्यायमा आधारिक सामाजिक लोकतन्त्र स्थापना गरेरै छाड्ने प्रण गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्षसमेत रहेकी फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य शेष चाँदतारा, मधेसी ट्रेड युनियनका अध्यक्ष नगेन्द्र ढुङ्गेल, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का अध्यक्ष कपिलेश्वर यादवलगायतले पार्टीलाई समानुपातिक समावेसी बनाउनुपर्नेमा जोड दिनुभयो ।

फोरम (लोकतान्त्रिक)ले ४९ जिल्लामा सङ्गठन विस्तार गरेको र बाँकी २६ जिल्लामा पार्टी विस्तार गर्नेक्रममा रहेको पार्टीले जनाएको छ ।

How about this Article

No comments:

Leave a Reply