Breaking News

मृगौला पिडित विश्वकर्माको उपचारार्थ सहयोगको याचना

कमल खत्री ÷म्याग्दी
असार, २९ गते ।
दुवै मृगौलामा खराबि भएपछी आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेका यहाँका एक युवाको जिवनरक्षाको लागी घरपरिवारले आर्थिक सहयोगको याचना गरेका छन् । पर्वत माझफाँट –८ घर भएर म्याग्दी सदरमुकाम वेनीमा बस्दै आएका कृष्ण वहादुर विश्वकर्माको दुवै मृगौला खराबि भएपछी उनका घरपरिवारले उपचारको लागी आर्थिक सहयोगको लागी सवैलाई आग्रह गरेका हुन् ।

उपचारको पखाईमा बसेका ३३ बर्षिय विश्वकर्माको उपचारखर्च जुटाउन गठन भएको कृष्ण वहादुर विश्वकर्मा मृगौला रोग उपचार सहयोग समिति मार्फत उनका घरपरिवारले सक्दो आर्थिक सहयोग गरि विश्वकर्माको जिवन बचाउनका लागी अपिल गरेका छन् । दुवै मृगौला खराब भएपछी काठमाण्डौ स्थित विर अस्पतालमा उपचार गराईरहेका विश्वकर्माको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारखर्च जुटाउनका लागी दिल वहादुर चर्मकारको संयोजकत्वमा उपचार सहयोग समिति आर्फत अभियान सुरु गरिएको छ ।


समितिले शनिवार वेनीमा मृगौला पिडित विश्वकर्माको उपचारार्थ आर्थिक संकलनका लागी आयोजना गरेको चन्दादाता भेला तथा पत्रकार सम्मेलनमा समितिका संयोजक चर्मकारले आर्थिक अवस्था नाजुक रहेको विश्वकर्माको उपचारमा सक्दो सहयोग गर्न देश तथा विदेशमा रहेका म्याग्दीबासी लगायत सम्पुर्ण नेपालीहरुलाई आह्वान गर्नुभयो । ५ बर्ष अगाडी रोजगारीको शिलसिलमा साउदी अरब पुगेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखीपछी घर फकिएर यातायात मजदुरको रुपमा काम गरि परिवारको गुजारा चलाउँदै आएका थिए ।
निरन्तर डायलसीस गर्नुपर्ने र उपचार खर्च धेरै लाग्ने भएकाले डाक्टरहरुको सल्लाह अनुसार मृगौला पत्यारोपण गर्नका लागी करिब १७ लाख रुपैयाँ आवस्यक पर्ने भएकाले सवै क्षेत्रबाट समयमै आर्थिक सहयोग संकलन गरि विश्वकर्माको उपचार गर्ने तयारी भएको समितिका कोषाध्यक्ष विनोद केसीले बताउनुभयो । परिवारको आर्थिक अवस्था पनी कमजोर रहेको र भएको सम्पती पनी उपचारकै क्रममा खर्च भईसकेकाले विश्वकर्माको उपचार गर्न सवैक्षेत्राट आर्थिक सहयोगको खाँचो रहेको समितिका सल्लाहकार संयोजक जिवन विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा म्याग्दी बस तथा जिप संचालक समितिका अध्यक्ष जय वहादुर अधिकारीले समितिको तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको भन्दै विभिन्न यातायात मजदुर मञ्चहरुलाई पनी सहयोगको लागी आग्रह गरेको बताउनुभयो । कार्यक्रममा मृगौला पिडित विश्वकर्माका आफन्त अर्जुन विश्वकर्मा, समितिका सल्लाहकार सदस्य मन बहादुर चर्मकार, सुनचाँदी ब्यवसायी समितिका कमल विश्वकर्मा, ओमकुमारी पुन शान्ति सहयोग समितिका कोषाध्यक्ष हरिकृष्ण गौतम, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी, कार्यक्रममा सहभागी कृष्ण बानीयाँ लगाएतले विश्वकर्माको जिवन बचाउनका लागी सहयोग अभियानमा सक्दो सहयोग गर्न अपिल गर्नुभएको थियो ।

विश्वकर्माका श्रीमति, एक छोरी र दुई छोरा रहेका छन । सहयोग संकलनका लागि समितिले काष्ठमण्डप डेभलपमेन्ट बैक खाता नं ००३००३०१५३२IS ग्लोवल आईएमई बैक लि ४८०७०१०००११७० (विदेशबाट सहयोगका लागि (swift code GLBBNPKA ) मा सहयोग जम्मा गर्न सकिने समितिका सचिब कृष्ण कुमार विश्वकर्माले जानकारी दिनुभयो । उपचार समितिका संयोजक दिल बहादुर चर्मकारको अध्यक्षता, कोषाध्यक्ष विनोद केसीको स्वागत र सचिव कृष्णकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

How about this Article

No comments:

Leave a Reply