फोटो सहितको मतदाता नामावली दर्ता गराउनेको भिड
कमल खत्री ÷म्याग्दी म्याग्दीमा फोटो सहितको मतदाता नामावली दर्ता गराउनेहरुको संख्या बढेको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको मतदाता नामावली दर्ता स्थलमा नाम दर्ता गराउन सर्वसाधारणको भिड लागेको हो । विर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागी घोषण गरेको दोस्रो संविधान सभाको निर्वाचनका लागि यही असार मसान्तसम्म नामदर्ता मिती तोकेपछी यसअघि छुटेका सर्वसाधारण आफ्नो मतदाता दर्ता गराउन लागीपरहेका छन् । निर्धारित मिती सकिनै लाग्दा नामावली दर्ता गराउन सर्वसाधारणको दर्ता स्थलमा घुँइचो लागेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । विभिन्न चरणमा ग्रामीण भेगमा अभियानकै रुपमा फोटो सहितको मतदाता नामावली संकलन गरेको कार्यालयले मिति सकिनै लाग्दा छुटेका सर्वसाधारणलाई सदरमुकाममा आएर समयमै आफ्नो विवरण दर्ता गराउन समेत आग्रह गरेको छ । अहिले सम्म करिब ५८ हजार सर्वसाधारणले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराईसकेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको नामावली दर्ता स्थलमा दैनिक एक सय जनाको हाराहारीमा नाम दर्ता हुने गरेको छ । निर्वाचन आयोगले निर्धारित समय सकिनै लाग्दा मोबाइलबाट खबर पठाएर नाम दर्ता गराउन आग्रह गरेपछि सर्वसाधारणको फोटोसहितको मतदाता नामावली दर्ता गराउने क्रम बढेको पाईएको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार मतदाताहरु रहेको अनुमान गरेपनी करिब १८ हजार युवाहरु वैदशीक रोजगारीको शिलसिलामा विदेश भएकाले सवैजनाको नाम दर्ता हुन नसक्ने कार्यालयले जनाएको छ । कार्यालयका अुनसार विदेशबाट छुट्टिमा घर आएकाहरुले पनी आफ्नो नाम दर्ता गरेका छन् । नेपालमा गत २०६४ सालमा भएको संविधान सभाको चुनाबमा ८७ हजार १ सय १२ जना मतदाता मध्ये जम्मा ५० हजारको हाराहारीमा मात्रै मत खसेको थियो । अहिलेको जस्तो आधुनीक प्रविधिबाट मतदाताको विवरण संकलन नभएकाले २०६४ सालमा बास्तविक मतदाता नामावली संकलन नभएको बताईएको छ ।


No comments: