Breaking News

ज्यानमाथी खतरा भयो भन्दै जेपीले लेखे राष्ट्रसंघलाई पत्र

jpgupta१७ साउन, काठमाडौ । पूर्वमन्त्री जेपी गुप्ताले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई पत्र पठाएका छन् । भ्रष्टचार मुद्धामा जेल सँजाय काटेका गुप्ताले नेपाल सरकारले तराईमा बढाएको सुरक्षा तैनाथीले आफु असुरक्षित भएको दाबी गरेका छन् ।

उच्चायुक्त नवनिथम पिल्लेलाई लेखेको पत्रमा उनले सरकारले आफ्नो निर्वाध हिँड पाउने अधिकार पनि कटौती गरेको दाबी गरेका छन् ।

“सरकारी निगरानीले निर्वाध हिँडन पाउने मेरो अधिकार कटौती भएको छ”, गुप्ताले पत्रमा लेखेका छन्, “तराईमा व्यापक सुरक्षाकर्मी परिचालन गरी मानव अधिकार हनन् भएको छ ।”

गुप्ता तराईका भूमिगत संगठनको मोर्चा बनाउन सक्रिय रहेको सूचनाका आधारमा सरकारले उनीमाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यस्तो सूचना पाएका गुप्ताले पत्रमा सरकारको उक्त कार्यको विरोध गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply