Breaking News

विद्यालयमा स्कर्ट लगाउन प्रतिबन्ध

skirts१७ साउन, एजेन्सी नेपालमा विद्यालय र प्लस टुका छात्राहरुको स्कर्ट छोटो हुँदै गएको भन्दै घुंडाभन्दा तलसम्म आउने स्कर्ट लगाउनु पर्ने नियम बनाइएका बेला बेलायतको एक विद्यालयले छात्राहरुलाई स्कर्ट लगाउनमै प्रतिबन्ध लगाएको छ ।बेलायतको रेडिच शहरस्थित वाकउड सी अफ ई मिडिल स्कुलले छात्राहरुलाई स्कर्ट लगाउन प्रतिबन्ध लगाएको छ ।

विद्यालय प्रशासनका अनुसार छात्राहरुले ब्लाउज लगाएर पनि विद्यालय आउन पाउने छैनन् ।प्रधानाध्यापक डेविड डाउटफायरले छात्राहरुका अभिभावकलाई पत्र लेख्दै विद्यालय युनिफर्ममा हुने परिवर्तन आगामी सेप्टेम्बरदेखि हुने जनाएको बेलायती अखबार ‘द टेलिग्राफ’ ले उल्लेख गरेको छ । टेलिग्राफका अनुसार प्रधानाध्यापकले छात्राहरुको स्कर्ट छोटो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै आफ्ना छात्राहरु भद्दा नदेखिउन भन्ने चाहना रहेको बताएका छन् ।

छात्राहरुले पनि छात्रहरुको जस्तै प्याण्ट लगाउनु पर्ने विद्यालयको निर्देशन छ ।कतिपय अभिभावकहरुले यस्तो निर्देशनलाई ‘सन्की’ बताउँदै छात्राहरुलाई स्कर्ट लगाउन दिइनुपर्ने माग गरेका छन् ।भारत, पाकिस्तान र अरब देशहरुमा छात्राहरुले कस्तो पोसाक लगाउने भन्ने बारे विभिन्न नियम बनाइएको सुन्न पाइन्छ । तर युरोपेली देशको कुनै विद्यालयमा यस्तो कुरा विरलै सुनिन्छ ।केही दिन पहिले भारतको दिल्लीस्थित अलिगढ मुस्लिम विश्वविद्यालयले पनि छात्राहरुको पोसाकका बारेमा विशेष निर्देशन जारी गरेको थियो ।

 तर छात्राहरुको विरोध र मिडियाले पनि यस्तो निर्देशनलाई गम्भीरतापूर्वक उठाएपछि विश्वविद्यालयले आफ्नो निर्देशन फिर्ता लिएको छ ।

How about this Article

No comments:

Leave a Reply