Breaking News

तिजको म्युजिक भिडियो छायाङ्कन सम्पन्न


कमल खत्री-
साउन १८ म्याग्दी । संचारकर्मी तथा लोकगायक अमित विश्वकर्माले हरितालिका तिजको अवसरमा बजारमा ल्याउनुभएको तिज गिती एल्बमको म्युजिक भिडियोको  छायाङ्कन कार्य सम्पन्न भएको छ । तिज आयो जान्छु माईत बोलको गिति एल्बमको वुधवार र विहिवार गरि सदरमुकाम रहेको अर्थुङ्ग गाविसको जामुनाखर्क परिसरमा छायाङ्कन गरिएको हो । म्युजीक भिडियोमा श्रीमानको भुमीकामा विकास विश्वकर्मा, श्रीमतीको भुमीकामा दिपिका क्षत्री, भाइको भुमीकामा दुर्गा रोका,  आमाको भुमीकामा गौरी विश्वकर्मा तथा छोरा छोरीको भुमीकामा रविना र विरन विश्वकर्मा लगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ । 

अमर खत्रीको निर्देशन र किरण आचार्यको छायाङ्कनमा म्युजीक भिडियोलाई बजारमा ल्याउन लागीएको हो । अमर संसार म्युजीक प्रा.लि. मार्फत बजारमा आएको उक्त गिति एल्बममा  लोकगाएक अमित विश्वकर्मा, कृष्णा परियार र राजेन्द्र सापकोटाको स्वर रहेको छ भने लय तथा शब्द संकलन गायक अमित विश्वकर्माले गर्नुभएको छ । गिति एल्बममा तिजको समयमा घरमा आमा विरामी भएर भाई लिन नआएपछी निरास भएर बसेकी दिदिलाई फोनमार्फत माईतीघर बोलाएको कथा बस्तुलाई समेटीएको छ । गाएक विश्वकर्माले यस अगाडी ‘रुदै छिनछिन’, हेर्छु डाँडैबाट, ‘म्याग्दीको चिनारी’ लगायतका गिती एल्बमहरुमा स्वर दिनुभएको छ ।

How about this Article

No comments:

Leave a Reply