निर्वाचन सफल पार्न एमाओवादीको अपिल
१८ साउन, काठमाडौ । एकीकृत नेकपा (माओवादी)ले दोस्रो संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दललाई विशेष अपिल गरेको छ ।
एमाओवादी केन्द्रीय कार्यालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा देशलाई राजनीतिक निकास दिने उत्तम विकल्प नै संविधानसभाको निर्वाचन भएकाले यसलाई असफल बनाउनका लागि विभिन्न पक्षबाट चालिएका कदम गैरराजनीतिक र जनताको अधिकारलाई संस्थागत हुन नदिने अभिप्रायले चालिएको कदम भएको ठहर गरेको छ ।‘नेपाली जनताको निकै ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त संविधानसभा प्रतिक्रियावादी र यथास्थितिवादीको षड्यन्त्रका कारण सफल हुन सकेन । यसबाट जनताको परिवर्तनको आकांक्षामा ठूलो धक्का लागेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा देशलाई प्रतिगमन र प्रतिक्रान्तिको भयानक दलदलमा फस्नबाट बचाउने एकमात्र विकल्पको रूपमा संविधानसभाको दोस्रो निर्वाचन रहेको समेत जनाइएको छ ।सङ्घीय गणतन्त्रका पक्षधर राजनैतिक शक्ति, नागरिक समाज एवम् आम जनसमुदायसँग संविधानसभाको दोस्रो निर्वाचन सफल पार्न एमाओवादीले अनुरोध गरेको छ ।यसैगरी एमाओवादीले संविधानसभाको निर्वाचनका लागि पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान, दोस्रो संविधानसभा निर्वाचनको लागि जनसम्बन्ध अभियान भन्ने मूल नारा तय गरेको छ ।

No comments: