मधेशी दलको अनपेक्षित मागवारे उच्चस्तरिय समिति
नेपाली काग्रेस र नेकपा एमालेले मोर्चाको माग पूरा गर्न नसकिने संकेत गरिसकेका छन ।ज्नसंख्याको आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने तथा मतदाता नामावली संकलनका लागि पुनः म्याद थपगर्नुपर्ने मोर्चाको मागमापनि अन्यदस सहमत छैनन । आफैले गरेको सहमति विपरित मधेशी मोर्चा पछि हटेपछि मंसीर चारको चुनाव टर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।संमिति संयोजक माओवादी अध्यक्ष प्रचण्ड भने मंसीर चारमा जुनसुकै हालतमा चुनाव गर्नुपर्ने पक्षमा छन ।
राष्टपतिसंग विहिबार भएको बैठकमा पनि प्रचण्डले मंसीर चारमै चुनाव गर्नुपर्ने बताएका थिए । मधेशी मोर्चाले अहिले आएर नयाँ बाहाना निकालेपछि प्रचण्ड लगायत शीर्ष नेताहरु अफ्टयारोमा परेका छन ।निर्वाचन आयोगले मंसीर चारको चुनावमा लागि पुनः मतदाता नामावली संकलन गर्ने काम संभव नभएको बताएको छ ।

No comments: