छोरालाई जेलबाट भगाउन खोज्ने आमा पक्राउ
२१ साउन, काठमाडौ । एक आमालाई आफ्नो छोरालाई जेलबाट गाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
५४ वर्षीय ग्लेण्डा इस्टेललाई आफ्नो छोरा डेरिक इस्टेललाई भगाउनका लागी योजना बनाएको आरोपमा गत शुक्रबार पक्राउ गरिएको हो । अर्कानसासमा रहेको आप्नो छोरालाइ भगाउन छोरासँग टेलिफओन वार्तमा आफ्नो योजना सुनाएपछी उनको योजनाबारे प्रहरीले थाहा पाएको थियो । उनीहरुले सांकेतिक रूपमा जेलबाट भाग्ने योजनाबारे टेलिफोनमा कुरा गरेका थिए ।
प्रहरीले ती कुराकानीले निकै अनुसन्धान गरेपछि मात्र ग्लेण्डा र डेरिकबीच जेलबाट भाग्ने योजनाबारे कुराकानी भएको पत्ता लगाएको थीयो ।

No comments: