Breaking News

१२ सय डलरमा किनियो दुई वटा स्याऊ

apple-in-tree२२ साउन, काठमाडौ । सुन्दा सबैलाई आश्चर्य अनि असम्भव पनि लाग्छ होला दुई वटा स्याउको मूल्य १२ सय डलर भन्दा । तर, एक महिलाले २ वटा स्याऊको मूल्य १२ सय डलर तिरेकी छिन् ।

अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी एक महिलाले अनलाइन सपिङ गर्ने क्रममा दुई वटा स्याऊको यति ठुलो रकम तिर्न पुगेकी हुन् । उनले जानी जानी यति ठूलो रकम भने तिरेकी होइनन् । उनले एक सपिङ अनलाइनमा आफूलाई दुईवटा एप्पलको स्मार्टफोन आवश्यक रहेको र किन्न प्रयत्न गरिरहेकी थिइन् । उक्त स्मार्टफोनका लागि उनले १२ सय डलरसम्म तिर्न सक्ने बताएकी थिइन् ।

यसैक्रममा एक महिलाले ती महिलालाई सम्पर्क गरेर आफूसँग बेच्नका लागि दुइवटा स्याऊ छन् । यसपछी दुईबीच एउटा रेष्टुरेन्टमा पैसाको लेनदेन भयो र ती महिलाले एउटा बक्स थमाइन् । बक्स लिएर खुसी हुँदै घर पुगेकी उनले जब बक्स खोलिन् उनको होस् नै उड्यो । उक्त बक्समा उनले चाहेको एप्पल नभएर स्मार्टफोन नभएर स्याऊ भेटिन् ।

यसपछी उनी आफू पूर्ण रूपमा ठगिएको भन्दै आफैलाई धिकार्न पुगिन् । यसरी स्याउको नामका कारण पनि मानिसहरूले निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।

How about this Article

No comments:

Leave a Reply