मध्यरातमा न्युरोडको मोबाइल र मेडिकल पसलमा चोरी
२२ साउन, पोखरा । पोखरा न्युरोडमा गएराती दुई ठाँउमा चोरी भएको छ । चोरहरुले पोखरा न्युरोडमा रहेको शुभारम्भ मोवाईल र अस्लेसा मेडिकल हलको सटर फोडी नगद तथा भौतिक सामान चोरेर लगेका छन् ।
करिब १ सय मिटरको दुरीमा रहेका यी दुबै पसल पोखरा उपमहानगरपालिका कार्यलयको ठिक अगाडी रहेका छन् ।शुभारम्भ मोवाईलबाट ७० वटा विभिन्न ब्राण्डका मोवाईल, ५ हजार नगद, ७ हजार बराबरको रिचार्ज कार्ड, गरी करिब ३ लाख बराबरको धनमाल चोरी भएको सो पसलका संचालक सुरज विश्वकर्माले बताए ।
मोवाईलका सञ्चालक विश्वकर्माले कसैले लाभा, स्पाईस, कार्बाेन, माईक्रोम्याक्स लगायत ब्राण्डका मोवाईल बेच्न आएमा नकिन्न पनि आग्रह गरेका छन् ।
यस्तै अस्लेसा मेडिकलबाट १० हजार नगद, एउटा कम्प्युटर, नाक, कान, घाँटी जाँच गर्ने ईएलटी सेट गरी करिब डेढ लाख बराबरको धनमाल चारेर लगेका छन् । चोरको खोजिकार्य तिब्र पारेको प्रहरीले जनाएको छ ।

No comments: