Breaking News

'क्रिष-३'को खतरनाक प्रोमो सार्वजनिक:-भिडियोसहित


ऋतिक रोशनद्धारा अभिनित तथा निकै प्रतिक्षा गरिएको चलचित्र 'क्रिस-३' प्रोमो सार्वजनिक भएको छ । उक्त ट्रेलर निकै उत्कृष्ट रहेको छ भने भारतीय चलचित्र उद्योगमा निकै राम्रो द्धन्द प्रधान चलचित्र निर्माण भएको अनुमान ट्रेलर हेरेर गर्न सकिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 ऋतिक रोशन 'क्रिष-३' मार्फत एक पटक फेरी बलिउडमा धमाका गर्ने प्रोमो हेरिसकेपछी अनुमान गर्न सकिन्छ । आगामी तिहारमा रिलिज गर्ने तयारीमा रहेको उक्त चलचित्रको प्रोमोमा ऋतिकलाई हलिउडका सुपरहिरोको स्टाइलमा द्धन्द गरिरहेको देखाइएको छ ।

यसपटक उनको द्धन्द हावामा उडेर आउने दुश्मनसँग रहेको बतापएको छ । यस चलचित्रमा ऋतिकका साथमा विवेक ओवराय र कंगना रणावतको मूख्य भूमिका रहनेछ । प्रोमो हेर्दा 'कोइ मिल गया' र 'क्रिष'को पुरानो याद पनि ताजा गरेको छ ।

How about this Article

No comments:

Leave a Reply