Breaking News

अर्थुङ्गे गाविसको आय व्यय सार्वजनिक


    अथुङ्गे गाविस आज पत्रकार सम्मेलन मार्फत आव २०६९÷७० आय व्यय सार्वजनिक गरेको छ । अथुङ्गे गाविसका गाविस सचिव कृष्णबहादुर कार्किले कुल बजेट ६१ लख ५८ हजार ८ सय ११ रुपैयाँ मध्ये पुजीँगत तर्फ ३० हजार ६६ हजार ३ सय ८ रुपैयाँ र चालु तर्फ २८ खाल ७५ हजार ७ सय ६४ गरी ५९ लाख ४२ हजार ७३ रुपैयाँ यथार्थ खर्च भएको जानकारी दिएका छन् ।
    कार्यक्रममा अर्थुङ्गे गाविसका सहायक इन्जीनियर विष्णु पौडेल र सहायक लेखापाल निर्मला पौडेलले गाविसले आर्थिक वर्षभरीमा गरेको विकास निर्माण कार्य र अन्य कार्यहरुको बजेट विनीयोजनको बारेमा जानकारी गराएका थिए । त्यस्तै गाविसले कृषी तर्फ १ लाख ५९ हजार ५ सय ५०, खानेपानी तथा सरफाई तर्फ १ लाख २३ हजार ३ सय ८०, लक्षित वर्ग तर्फ २ लाख २५ हजार ५०, बालकालिको क्षेत्रमा १ लाख ८४ हजार ७ सय, महिला तर्फ १ लाख ३२ हजार रुपैयाँ र गाविसमा सञ्चालित अन्य योजनाहरुमा २२ लाख ४१ हजार ६ सय २८ रुपैयाँ विनीयोजन गरि खर्च गरेको जनाएको छ ।
    त्यस्तै गाविसले गाविसको शैक्षिक क्षेत्र सुधार तथा शैक्षिक गुणस्तर वृद्धीका लागि गाविस भित्र रहेका क्याम्पस र विद्यालयहरुमा करिव ६ लाख रुपैयाँ अनुदान दिएको जनाएको छ । कार्यक्रममा बोल्दै गाविस सचिव कृष्णबहादुर कार्किले अन्य गाविसहरुमा वजेट काटिएर आए पनि आफ्नो गाविसमा भने कम काटिएकाले काम गर्न सहज भएको बताए । उनले भने“अव देखि हाम्रो गाविसमा बजेट बढेर करिव ४० लाख जति आउछ त्यस्ले गाविसको कार्यमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । बजारका विभिन्न स्थानहरुमा राखीएका होडिङ्ग बोर्डहरुमा कर लगाउने निर्णय गरेको भए पनि झसम्म कार्यान्वयन गर्न नसकेको भन्दै अव ठेक्का बाट भए पनि उक्त निर्णय लागु गर्ने समेत बताए ।
   

How about this Article

No comments:

Leave a Reply