Breaking News

अन्तरिक्षमा बन्दैछ १० हजार मानिस बस्न मिल्ने यस्तो कोलोनी;तस्विरसहित

२२ साउन, एजेन्सी । अन्तरिक्षमा मानव जीवनको सम्बावना बारे खोजी कार्य जारी रहेका बेला नाशाले भने अन्तरिक्षमा मानव जीवनलाई सम्भव बनाउन सकिने निष्कर्ष निकाल्दै अन्तरिक्षमा नै १० हजार मानिस बस्न सक्ने भवनहरूको निर्माण गर्ने तयारी गरेको छ ।


यसका लागि स्ट्यानफोर्ड विश्वविद्यालयमा अनुसन्धान जारी रहेको बताइएको छ । नासाले मेसिनो प्रयोगले अन्तरिक्षमा मानव जीवन सम्भव बनाउन सकिने भन्दै अन्तरिक्षमा मानव बस्ति बसाउन भवनहरूको निर्माण गर्ने तयारी गरेको बताइएको छ ।

नासाका अनुसार अन्तरिक्षमा बन्ने कोलोनीको ब्यास १.८ किलोमिटर हुनेछ अर्थात् उक्त भवनहरू एउटा गोलाकार परिधीमा हुनेछ । अन्तरिक्षमा गुरुत्वाकर्षणको समस्यालाई पनि विचार गर्नु पर्ने हुन्छ । अन्तरिक्षमा मानिस हावामा उडिरहेको त हामीले देख्ने गरेकै छौ । यस समस्याको समाधानका लागी पनि कुनै उपाय सोचिने बताइएको छ ।

नासाका अनुसार यस कोलोनीमा पृथ्वीजस्तै गुरुत्वासकर्षण हुने र यसका लागि कोलोनी एक मिनेटमा एक पटक घुम्ने जस्ले कृतिम गुरूत्वाकर्षण उत्पन्न हुन्छ । यसले त्यहाँ रहेका मानिसलाई पृथ्वीमा रहेका मानिस जस्तै हिड्न सहज हुन्छ ।

यस कोलोनीमा मानिसलाई बाच्नका लागि चाहिने हावा, पानी, सूर्यको प्रकाश पनि हुनेछ । यस्तो व्यवस्था गर्नका लागि स्ट्यानफोर्ड विश्वविद्यालय र नासाले संयुक्त रूपमा अध्ययन गरिरहेको छ । नासा र विश्वविद्यालयका वैज्ञानिकहरूले त्यहाँ पृथ्वीजस्तै वातावरण तयार गर्नका लागि कोशिस जारी राखेका छन् ।
हेरौ कस्तो बन्दैछ त अन्तरिक्षमा १० हजार मानिस बस्न मिल्ने कोलोनी तस्विरमा...


nasa-is-building-colony-to-live-in-space nasa-is-building-colony-to-live-in-space nasa-is-building-colony-to-live-in-space nasa-is-building-colony-to-live-in-space nasa-is-building-colony-to-live-in-space

How about this Article

No comments:

Leave a Reply