एमाओवादीको-चुनावी-अभियान-टोली-अवधी-नसकिँदै-फर्कने
गत साउन १० गतेदेखी एक महिनाका लागी थालिएको अभियानलाई करिब १० दिन अगावै छाडेर पुरानै कार्यक्षेत्रमा फर्किन लागेका हुन् । पार्टीको ११ भदौबाट सुरू हुने केन्द्रीय समितिको बैठकको गृहकार्य गर्न भन्दै हरेक राज्य समितिको बैठक बस्नुपर्ने र बैठकमा प्रस्तुत गर्ने रिपोर्ट तयार पार्नुपर्ने भन्दै नेता-कार्यकर्ता समयावधी अगावै फर्किन लागेका हुन् । ४४ पृष्ठको फाराम बोकेर अभियानमा निस्केका उनीहरू भदौ नलाग्दै पुरानै कार्यक्षेत्रमा फर्कने तयारीमा रहेका छन् ।
विगत संविधानसभाको सामान्य आकलन, स्थानीय पार्टी प्रतिनिधीले कार्यक्षेत्रमा काम गरे नगरेको अवस्था, स्थानीय स्रोत/साधनको अवस्था, पार्टीभित्रकै स्थानीय अन्तरविरोधलगायतका समग्र विषयमा सुजाव संकलन गर्ने र आगामी निर्वाचनका लागि सम्भावित पाँच उम्मेदवारको नाम तय गर्ने जिम्मेवारीसहित एकीकृत माओवादीले केन्द्रिय सदस्य तथा सल्लाहाकारको नेतृत्वमा संक्रमणकालिन संरचना निर्माण गरेर नेता तथा कार्यकर्ताहरूलाई 'फिल्ड'मा पठाएको समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

No comments: