एजेण्डा-पनि-छोडेको-छैन्-आत्मसमर्पण-पनि-गरेको-छैन्ः-सापकोटा
परिवर्तनका ऐजेण्डा सुनिश्चित गर्न संविधानसभाको निर्वाचन अपरिहार्य रहेको र ए.ने.क.पा.(माओवादी)को विजय पनि अपरिहार्य नै भएकाले आगामी मंसिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचन सफल पार्न विशेष आग्रह गर्दै उनले भने– ‘विगतमा पार्टीबाट केही गल्तीहरु भएपनि आधारभूतरुपमा जनताको एजेण्डा नछोडिएको र आत्मसमर्पण पनि नगरीएको जस्ता यथार्थ कुराहरु लिएर जनताको बीच गएका छौं ।’
अभियानले केही मात्रामा बिग्रीएको पार्टीलाई शुद्धिकरण गरी रुपान्तरण गर्ने र पार्टी भावनात्मकरुपमा ने एकढिक्का हुने उनको विश्वास थियो । कार्यक्रममा अतिथिका रुपमा उपस्थित ए.ने.क.पा.(माओवादी) केन्द्रीय सल्लाहकार प्रमुख नन्दकुमार प्रसाई, केन्द्रीय सल्लाहकार सदस्य कल्पना सुवेदी, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रमेश मल्ल लगायतले पनि मन्तव्य राखेका थिए ।

No comments: