बावुरामको क्षेत्रमा विशेष चुनावी अभियान
२२ साउन, गोरखा । एकीकृत माओवादीले दोश्रो संविधानसभा निर्वाचनका लागि शीर्ष नेताको चुनाव क्षेत्रमा विशेष अभियान संचालन गरेको छ । माओवादीले पार्टीका दोस्रो वरियताका नेता डा बावुराम भट्टराइ र तेस्रो वरियताका नाराणकाजी श्रेष्ठको गृहजिल्ला गोर्खामा विशेष चुनावी अभियान सुरु गरेको छ ।
गोरखाका तीन वटै निर्वाचन क्षेत्रमा एमाओवादीको अबस्था सन्तोषजनक भएको सो पार्टीले दावी गरेको छ । ०६४ सालमा भएको संविधान सभाबाट सबै भन्दा धेरै मत ल्याएर बावुराम विजयी भएको क्षेत्रमा माओवादीले विशेष अभियान संचालन गरेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तर्फवाट चुनाव लडेका नारायणकाजी यसपटक गोर्खावाटै चुनाव लडदैछन ।
बावुराम काठमाडौ वा तराइवाट लडेमा बावुरामको क्षेत्रवाट नारायणकाजी चुनाव लडने छन, दुवैको निर्वाचन क्षेत्र एउटै हो । चुनावी अभियान प्रचारको क्रममा एमाओवादी केन्द्रीय सदस्य सरुण वाठा, टेक बहादुर बस्नेत, राज बहादुर बुढा क्रमशः क्षेत्र १, २ र ३ मा खटिएका छन । चुनावी अभियानको साउन १५ गते गोरखा सदरमुकाममा बाबुराम भट्टराईले उद्घाटन गरेका थिए ।
गोर्खा एकको चुनावी अभियान टोलीमा हितमान सुर्खेती, यान प्रसाद भट्ट, दिपक तिमिल्सिना, माया थापा मगर, कृष्ण राना मगर, सुदिप नगरकोटी, सिताराम रसाईली, मिलन मग्राती, सुवास ढकाल, ज्ञानेन्द्र कुमाल लगायत रहेका छन् । टोलीले नारेश्वर, फिनाम, बुँकोट, नामजुङ, घैरुङ, ताक्लुङ, बक्राङ, मनकामनामा कार्यक्रम सम्पन्न गरेका माओवादी केन्द्रीय कार्यालयले जारी गरेको जनसम्बन्ध अभियानको बुलेटीनमा उल्लेख छ ।
यस्तै क्षेत्रन २ मा क्षेत्रीय इञ्चार्ज लेख बहादुर थापा, विनोद पाण्डे, रामचन्द्र सेडाई, पुष्पराज दाहाल, कञ्चन कुमाल लगायत रहेका छन् । टोलीले गाँखु, श्रीनाथकोट, जौवारी, मुच्चोक,हंसपुर खरिबोटमा अभियान सम्पन्न गरेका छन् । क्षेत्र नं. ३ मा क्षेत्रीय इञ्चार्ज सुरेन्द्र भट्ट, राज्य सदस्यहरु गोपाल बराईली, ऋषिराम खनाल, जगत विक रहेका छन । टोलीले जिल्लाको आरुआरवाङ, आरुचनौटे, थुमी, मान्बु, काशीगाउँ केरौंजामा अभियान सम्पन्न गरेका छन् ।
विगतमा जस्यै आगामी निर्वाचनमा पनि गोर्खामा तीनवटै सिट कब्जा गर्ने एमाओवादीको रणनीति रहेको छ ।

No comments: