Breaking News

सिमरा-पुग्न-देउवालाई-कष्ट

Sherbahadur deuba२२ साउन, काठमाडौ । वीरगञ्जमा बुधबार हुने कार्यक्रमका लागि विमानमार्फत सिमरा जान लागेका देउवाले जहाजमा प्राविधिक कारण आएपछी काठमाडौ फर्किनु परेको छ ।


सिमरा विमानस्थलको सम्पर्कमा पुग्नुअगावै इन्डिकेटरले जहाजको ढोका राम्रोसँग नलागेको संकेत गरिदिएपछी जहाज बाध्य भएर काठमाडौ फर्कदा देउवाले कष्ट भोग्नु परेको हो । आज दिउँसो ३:३० बजे सिमराका लागि उडेको सिम्रिक एयरको जहाज काठमाडौ फर्किएर पुन: सिमरा गएको थीयो ।

सिमरा विमानस्थलमा पुगेपछी देउवाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै असन्तुष्ट दल सहभागी नभए पनि मङ्सिर ४ गते नै निर्वाचन हुने दाबी गरेका छन् । नेता देउवाले निर्वाचनले नै देशलाई निकास दिने दाबी गरेका छन् ।

नेकपा-माओवादीसहितको मोर्चासँग वार्ता र छलफल जारी रहेका बताउँदै उनीहरू जसरी पनि निर्वाचनमा सहभागी हुने उनको भनाई छ । एमाओवादीलगायत सबै दलले आफ्नो हैसियत देखाइसकेकाले अब नेपाली जनताको पहिलो रोजाई नेपाली काँग्रेस भएको दावी उनले गरे ।

How about this Article

No comments:

Leave a Reply