सुशिललाई-उचाल्दै-वैद्य
दलीय सरकारले मात्र देशलाई निकास दिन सक्ने भन्दै निरन्तर वर्तमान सरकार विघटनको माग गर्दै आएको वैद्य माओवादीले सरकारको नेतृत्वका लागी नेपाली कांग्रेसका सुशिल कोइरालानै उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
अन्य पार्टीका नेताहरूको विश्वास गर्न सकिने अवस्था नरहेको र सुशिल कोइरालामात्र विश्वास योग्य भएको भन्दै नयाँ दलीय सरकारको नेतृत्व उनैले लनुपर्ने निष्कर्ष निकालेको समाचार आजको घटना र विचार साप्ताहिकले प्रकाशित गरेको छ ।
वैद्य समुहले आफ्नो पार्टीले नेतृत्व गर्ने अवस्था नरहेको, एमालेको लाइन स्पष्ट नभएको, प्रचण्ड-बाबुराम तथा मधेषी मोर्चाका नेताहरू आफूलाई मान्य नहुने र कांग्रेसका अर्का वरिष्ठ नेता शेरबहादुर देउवा जता पनि ढल्कने र स्पष्ट लाइन लिन नसक्ने हुनाले अहिलेको समयमा सबैभन्दा उपयुक्त नेताका रूपमा नेकपा-माओवादीले कोइरालानै रहेको धारणा व्यक्त गरेको छ ।

No comments: