Breaking News

सोनियाँ गान्धी नेपाल आउने

SoniaGandhi२३ साउन, काठमाडौ। भारतीय कांग्रेस आइ तथा युपिएकी अध्यक्ष सोनिया गान्धिले नेपाल आउने संकेत गरेकी छिन् । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशिल कोइरालासँगको भेटका क्रममा उनले आफू नेपाल आउन लालयित रहेको बताएकी थिइन् ।

गान्धीसँगको भेटका क्रममा नेपालको घनिष्ठ छिमेकी भएपनि कांग्रेस आइकी अध्यक्षको नेपाल भ्रमण अहिलेसम्म नभएको भन्दै कोइरालाले गुनासो गरेपछी गान्धीले आफू पनि भ्रमणका लागि लालयित रहेको तर नेपालमा निर्वाचन भएर संविधान निर्माण भएपछी मात्र नेपाल आउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

कोइरालाले नेपालका राजनीतिक दलहरुवीच सहमति र सहकार्यको वातावरण बन्दै गएकोले आमसहमतिमा आगामि मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने भन्दै गान्धीलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए । उनले नेपालको निर्वाचनको लागि भारतीय सहयोग र सदभाव आवश्यक रहेको भन्दै त्यसको लागि समेत अपिल गरेका थिए ।
कोइरालाले भारतीय स्वतन्त्रता संग्राम देखिनै नेपाली काग्रेस र भारतयि काग्रेस आईवीच सुमधुर सम्बन्ध रहँदै आएको भन्दै त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । उनले नेपाली काग्रेस र काग्रेस आईका संस्थापक नेताहरुवीचको सम्बन्ध पनि स्मरण गराएका थिए । गान्धीले नेपालको राजनीतिक गतिरोधको अन्त्य र लोकतन्त्रको संस्थागत विकासकोलागि निर्वाचन अपरिहार्य भएको भन्दै जसरी पनि मंसिर ४ मा घोषित निर्वाचन हुनु पर्ने धारणा राखेकी थिईन ।

भारत शान्त, स्थायित्व भएको समृद्ध नेपालको पक्षमा रहेको भन्दै त्यसकोलागि सबै खाले सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारेकी थिईन । कोइरालाले आजै भारतीय जनता पार्टीकी संसदीय दलकी नेतृ शुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका थिए । स्वराजले पनि नेपालमा निर्वाचन भएर लोकतन्त्र संस्थागत भएको हेर्ने चाहना ब्यक्त गरेकी थिईन ।

How about this Article

No comments:

Leave a Reply