Breaking News

रञ्जु र गोपाल सम्मानित

२४ साउन, काठमाडौ । गत जेठ २३ देखि २८ गते सम्म उज्वेकिस्तानमा भएको विश्व साम्बो च्याम्पियनसीपमा कास्य पदक विजेता नेपाली खेलाडी रन्जु श्रेष्ठ सम्मानित भएकी छिन्।
  
नेपाल साम्बो फेडेरेसनद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले रू तीन हजार पुरस्कारका साथै सम्मान–पत्र प्रदान गरे ।
त्यसैगरी एसियाली साम्बो प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने गोपाल पुन मगरलाई रू दुई हजार पुरस्कारका साथै सम्मान पत्रद्वारा सम्मानित गरियो । सोहस् अवसरमा रसियाको कजानामा केही महिनाअघि सम्पन्न २०औँ समर युनिभर्सियाडमा नेपालको तर्फबाट सहभागी भएका खेमबहादुर थापालाई प्रशंसा–पत्र प्रदान गरियो । रासस

How about this Article

No comments:

Leave a Reply