नाईट क्लबमा गरेको उपद्रोको लागी माफी मागे मोन्टी पानेसरले
उनलाई उनले गरेको यस्तो गलत हर्कतका लागी १ सय ५३ डलर जरिवाना समेत तिराइएको छ । इङल्याण्डले अष्ट्रेलियाविरूद्धको टेस्ट जितेको अवसरमा गरिएको पार्टीका क्रममा निकै धेरै रक्सी पिएका पानेसरले त्यहाँ रहेका महिलामाथी दुर्व्यवहार गरेका थिए ।
महिलाहरुले क्लब सञ्चालकसँग गुनासो गरेपछी उनलाई निस्किन आग्रह गरिएपनि उनले आफ्नो हर्कत कायमै राखेपछी उनलाई बाउन्सर लगाएर निकालिएको थीयो ।
आफ्नो यस्तो हर्कतक लागि उनले माफी मागेका हुन् । साथै उनले प्रहरिले लगाएको १ सय ५३ डलरको जरवाना समेत तिरेका छन् ।

No comments: