रोनाल्डोको गोलले चम्कियो म्याड्रिड, चेल्सी स्तब्ध
खेलको १४ औ मिनेटमा रियल म्याड्रिडका मार्सेलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय भने टिक्न सकेन । चेल्सीका रामिरेसले १७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ३१ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएका थिए । उक्त अग्रतामा नै पहिलो हाफ सकिएको थियो ।
दोस्रो हाफ सुरू भएपछी खेलको ५७ औ मिनेटमा थप एक गोल गर्दै रोनाल्डोले रियललाई ३-१ को अग्रतामा पुर्याउँदै खेलमा आफ्नो वर्चश्व कायम गरे । खेलको अन्तिम समयसम्म थप गोल हुन नसकेपछी खेलमा रियल ३-१ ले विजयी हुँदै उपाधी माथी कब्जा जमायो ।
रियलका लागी रोनाल्डोले निकै प्रदर्शन गर्दै आफ्नो अनुबन्धनलाई सही भएको समेत साबित गरिदिए भने रियललाई खुसीको पल दिन समेत सफल भए । यता चेल्सी भने रियलसँगको हारबाट स्तब्ध बन्न पुग्यो ।

No comments: